नारायणहिटीमा रेस्टुरेन्ट खोल्न दिने निर्णयमा मेरो संलग्नता छैन : योगेश भट्टराई

admin

काठमाडौं, २१ पुस : पूर्व पर्यटनमन्त्रीसमेत रहेका एमाले सचिव योगेश भट्टराईले नारायणहिटी दरबार संग्राहालयमा रेस्टुरेन्ट खोल्न दिनेबारे आफ्नो संलग्नता नरहेको बताएका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जालमार्फत भट्टराईले नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट निर्माण गर्न दिनेबारे भएका कुनै पनि निर्णयमा आफ्नो संलग्नता नरहेको र त्यसबारे जानकारी पनि नभएको बताएका हुन् ।

“नारायणहिटी दरबार संग्राहालयका बारेमा सार्वजनिक भएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । त्यस सम्बन्धी कुनै पनि निर्णयमा मेरो संलग्नता नरहेको स्पस्ट गर्दछु साथै त्यस बारेका कुनै पनि निर्णय मेरो जानकारीमा समेत नरहेको सविनय अनुरोध गर्दछु,” उनले लेखेका छन् ।

नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट निर्माण कार्य रोक्न मन्त्री आलेको निर्देशन
उनले आफ्नो संलग्नताबारे प्रमाण सार्वजनिक गर्न चुनौतीसमेत दिएका छन् । उनले आफ्नो सार्वजनिक छविमा आँच आउने क्रियाकलाप नगर्न पनि आग्रह गरेका छन् ।

“आफ्नो संलग्नता नरहेको कुनै पनि कामप्रति मेरो जवफदेहिता नरहने स्वत: स्पष्ट छ । विना कसुर कसैको सार्वजनिक छविमा आँच आउने समाचार र टिप्पणी नगर्न सम्बन्धित सबैमा अनुरोध गर्दछु ।

मेरो संलग्नता रहेको भए सत्य तथ्य र मेरो हस्ताक्षर सहितको निर्णय कपी वा मेरो लिखित निर्देशन पत्र सार्वजनिक गर्न म चुनौती दिन्छु ।

स्मरण रहोस् म मन्त्री हुनु पूर्व नै त्यहाँ कफी हाउस बनिसकेको थियो,” भट्टराईले भनेका छन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा भट्टराईले सो जग्गा भाडामा दिएको आरोप लागेको छ ।

प्रतिक्रिया