मलेसियामा बन्दै गरेको विश्वकै दोस्रो अग्लो भवन २०२२ को अन्त्यसम्ममा निर्माण भइसक्ने

admin

काठमाडौं, २१ पुस : मलेसियामा विश्वकै दोस्रो अग्लो भवन निर्माण हुँदैछ । मलेसियामा बन्दै गरेका सो भवन २०२२ को अन्त्यसम्ममा निर्माण भइसक्ने बताइएको छ ।

यस्तै विश्वमा अग्लो भवनको कुनै कमी छैन तर जब कुरा विश्वको सबैभन्दा अग्लो भवनको हुन्छ दुबईको बुर्ज खलिफाको नाम आउँछ । यो भवन हेर्नका लागि मानिसहरू विश्वभरिबाट आउने गरेका छन् । जसको उचाइ ८२९.८ मिटर अर्थात् २,७२२ फिट छ । जो मानिस दुबई जान्छन् उनीहरू यो भवन नहेरी पक्कै पनि फर्किँदैनन् ।

यो भन्दा पहिले विश्वकै दोस्रो अग्लो भवनको रूपमा शंघाई टावर रहँदै आएको थियो । यो टावरको उचाइ २,०७३ फिट छ । मलेसियाको टावर निर्माण पुरा भएपछि यो शंघाई टावर तेस्रो स्थानमा खस्किने छ ।

यस्तो छ बुर्ज खलिफापछि अग्लो बन्न लागेको भवनको रहस्य : यो भवनको नाम मर्डेका–११८ हो । यो मलेसियाको क्वालाम्पुरमा रहेको छ । मर्डेका एक इन्डोनेसियाली र मलाया भाषाको शब्द हो । यसको नेपाली भाषामा ‘स्वतन्त्रता’ भन्ने अर्थ लाग्छ । यो भवन ११८ तलाको हुने छ ।

प्राप्त जानकारी अनुसार यो भवनमा आवश्यकता अनुसारका सबै सुविधा उपलब्ध हुने छ । मिडिया रिपोर्टका अनुसार यो भवनको निर्माण पुरा भएपछि मलेसियाको पर्यटनमा वृद्धि हुनेछ । यो भवनमा एक साथ ३००० मानिस अटाउन सक्नेछन् । यसको डिजाइन चिप्लो र त्रिकोणीय सिसाको प्यानलबाट बनेको छ ।

यो आकारले मलेसियाको पारम्परिक र आर्ट तथा क्राफ्टलाई झल्काउछ । यो भवन ३१ लाख वर्ग फिटको क्षेत्रफलमा बनाइँदै छ । यो भवनको आधा प्रतिशत हिस्सा कार्यालयलाई दिइने छ । यो टावरमा एक मल, एक मस्जिद, एक पार्क र एक होटल हुने छ । भवनमा दक्षिण पूर्वी एसियाको सबैभन्दा अग्लो निरीक्षण छानो बनाइँदै छ । यसमा एक पार्क पनि हुने छ ।

प्रतिक्रिया