राष्ट्रिय सभा चुनाव : सत्ता गठबन्धनलाई जिताउन पहल गर्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको निर्णय

admin

काठमाडौं, २२ पुस : सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले राष्ट्रिय सभाको चुनावमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन पहल गर्ने भएको छ ।

(आज) बिहीबार बिहान बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातालाई अपिल गरेको छ । राष्ट्रिय सभाको चुनावका लागि सत्ता गठबन्धनले सात वटै प्रदेशमा समन्वय समिति गठन गरेको छ ।

चुनाव आउँदो माघ १२ गते हुँदैछ । चुनाव अन्तर्गत बिहीबार र (भोलि) शुक्रबार मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका छ । राष्ट्रिय सभा सदस्य चुनावका लागि ४३ जनाको उम्मेदवारी परेको छ ।

शुक्रबार बेलुका उम्मेदवारको नामावली प्रकाशन गर्ने, (पर्सि) शनिबार उम्मेदवारले नाम फिर्ता लिने र आउँदो आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया