आज पाँच सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २२ पुस : सुनको मूल्य (आज) बिहीबार पाँच सय रुपैयाँले घटेको छ । बिहीबार सुनको मूल्य तोलामा ९२ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार ९१ हजार ८०० रुपैयाँ कायम भएको तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसैगरी बिहीबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ५९ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

प्रतिक्रिया