बाँकेमा बाघ आतङ्क : तीन महिनामा तीन जनाको लियो ज्यान

admin

राँझा, २३ पुस : बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आ त ङ्क मच्चाएको छ । पछिल्ला तीन महिनामा मात्रै बाघले तीन जनाको ज्या न लिएको छ ।

बाघको आक्रमणबाट बिहीबार पनि राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृ त्यु भएको छ । यसअघि बाँके निकुञ्जको गाभर र नरैनापुरमा दुई जनाको बाघको आ क्र म णबाट मृ त्यु भइसकेको छ ।

बाँके निकुञ्जमा बाघको सङ्ख्या बढ्दा छेउछाउका सामुदायिक वनमा बाघ देखिने गरेको बताइएको छ । बुधबारमात्रै राप्तीसोनारी–४ बैजापुरकी ३० वर्षीया दुर्गा थारूलाई बाघले आक्रमण गरेको थियो ।

बाघको पञ्जाबाट उम्किएर बच्न सफल उहाँको शरीरका विभिन्न ठाउँमा बाघको नङ्ग्राले चोट लागेकोे छ । केही दिनअघि राप्तीसोनारीका वडा नं ५ र ६ को जङ्गलमा मोटरसाइकलमा सवार एक शिक्षकलाई बाघले झ म्टे को थियो ।

बिहीबार राप्तीसोनारी–४ स्थित स्थानीय जलहन सामुदायिक वनको तीनपाने भन्ने ठाउँमा घाँस काट्न गएका तीन जनामध्ये विष्टलाई बाघले आ क्र म ण गरेको थियो । विष्टलाई बाघले आ क्र म ण गरेपछि भागेर आएका दुई जनाले प्र ह रीलाई खबर गरेका थिए । प्र ह री घ टना स्थलमा जाँदा बाघले विष्टलाई खाइरहेको अवस्थामा भेटिएको बाँके प्रहरी प्रमुख प्र ह री उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार प्र ह री घ ट नास्थल पुग्दा बाघले मान्छेलाई खाइरहेको थियो । होहल्ला गर्दा पनि नभागेको बाघलाई प्र ह रीले दुई राउण्ड फायर गरेर अलिकति टाढा भगाएर श व लिएर आएको थियो ।

राप्तीसोनारी–४ को क्षेत्रमा केही दिनदेखि बाघको आ क्र म ण बढेको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले शुक्रबारदेखि नै त्यस क्षेत्रमा हात्तीसहितको टोली पठाएर बाघलाई लखेट्ने बताउनुभयो । उहाँले स्थानीयवासीलाई पनि सचेत गराउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

बाघको सङ्ख्या बढाउनकै लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा यतिबेला बाघको गणना गर्ने कार्य भइरेहेको छ । पछिल्लो गणनाअनुसार बाँकेमा २१ बाघ रहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले बताउनुभयो ।

प्रतिक्रिया