उच्चस्तरीय राजनीतिक समितिले संसदको अवरोध खुलाउन पहल गर्ने

admin

काठमाडौं, २३ पुस : सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसदको अवरोध खुलाउन पहल गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा (आज) शुक्रबार बसेको बैठकले अवरुद्ध संसदलाई खुलाउन पहल गर्ने निर्णय गरेको हो ।

उक्त बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद अवरुद्ध हुनु कुनै पनि हिसाबले उचित नभएको बताए । उनले संसद नियमित चलाउन सरकारको जति नै भुमिका र कर्तव्य प्रतिपक्षको पनि हुने बताए ।

प्रतिक्रिया