नेकपा एमाले काभ्रेकाे अध्यक्षमा असाेक ब्याञ्जु निर्वाचित

admin

काभ्रे, २४ पुस : नेकपा एमाले काभ्रेको अध्यक्षमा अशोक कुमार ब्याञ्जु श्रेष्ठ निर्वाचित भएका छन् ।

उनलाई सर्वसहमतिबाटै निर्वाचित गरिएको हो । जिल्लामा जारी १० औँ अधिवेशन अन्र्र्तगत बन्त्रसत्रमा भएको छलफलले श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो ।

एमाले काभ्रेको बाँकी पदका लागि भोलि बिहान ६ः३०देखि ८ः३० मा उम्मेदवारी दर्ता हुने, ८ः३० देखि ९ः३० सम्म उम्मेदवारी फिर्ता र १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।

बाँकी पदका लागि भोलिनै विद्युतीय प्रणालीमार्फत मतदान हुने छ । समायोजन प्रक्रियाबाट आएकाहरूलाई समेट्दै खुला तथा समावेशीतर्फ केही जिल्ला सदस्यसमेत सर्वसम्मत चयन गर्ने एमाले काभ्रेको तयारी छ ।

प्रतिक्रिया