आज तीन सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २६ पुस : सुनको मूल्य (आज) सोमबार तोलामा तीन सय रुपैयाँ घटेको छ ।

(हिजो) आइतबार तोलाको ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार तीन सय रुपैयाँ घटेर ९१ हजार तीन सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवयासी महासङ्घले जनाएको छ ।

यस्तै, तेजाबी सुन तोलामा ९० हजार ८०० कारोबार भएको छ भने सोमबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घटेर १२ सय २० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी तोलाको १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया