आज सात अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार

admin

काठमाडौं, २६ पुस : शेयर बजार परिसूचक नेप्से (आज) सोमबार पनि बढेको छ ।

(हिजो) आइतबार ७३ अङ्कले बढेको शेयर बजार आज १९ दशमलव ४३ अङ्कले बढेर दुई हजार सात सय ८४ दशमलव ९५ विन्दुमा पुगेको छ । सोमबार बैंकिङ, होटल-पर्यटन र उत्पादन समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै दुई सय १८ अङ्कले बढेको छ ।

यस्तै निर्जीवन बीमा समूहको शेयर एक सय ९०, अन्यको एक सय १३, फाइनान्सको ७८, व्यापारको ५७ र जलविद्युत् समूहको शेयर ४० अङ्कले बढेको छ । सोमबार दुई सय ३६ कम्पनीका एक करोड ४२ लाख कित्ता शेयर सात अर्ब १२ करोड रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै सबैभन्दा धेरै गुर्खाज फाइनान्सको २२ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो । मध्यभोटेकोसीको शेयरमा सकारात्मक सर्किट लागेको छ । युनियन हाइड्रो र कर्पोरेट विकास बैंकको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया