रुपन्देहीमा पनि विविध कार्यक्रम गरी मनाइयो पृथ्वी जयन्ती

admin

रुपन्देही, २७ पुस : पृथ्वी जयन्ती तथा एकता दिवस रुपन्देहीमा पनि विविध कार्यक्रम गरी मनाइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवल उपमहानगर कमिटिले बुटवलमा बाजागाजा सहित र्‍याली निकालेर ३००औं पृथ्वी जयन्ती मनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवल उपमहानगर कमिटिका अध्यक्ष निरज प्रताप खाँणको अध्यक्षतामा बुटवलमा बाजागाजा सहित र्‍याली निकालेको हो ।

बाजागाजा सहित गोलपार्कबाट सुरु भएको र्‍याली ट्राफिक चोक, अमरपथ, हस्पिटल लाइन, हाटबजार पुलचोक हुदैँ गोलपार्कमा गएर सकिएको थियो । त्यस्तै पृथ्वी जयन्ती तथा एकता दिवसको अवसर पारेर बुटवल, देवदह, भैरहवा, शुद्धोधनमा समेत कार्यक्रम गरेको छ ।

प्रतिक्रिया