काठमाडौं, २९ पुस : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले (आज) बिहीबार काठमाडौंको धोबीखोला करिडोरको अनुगमन गरेकी छिन् ।
मन्त्री झाँक्रीसहित मन्त्रालयका सचिव, काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत समितिको टोलीले निरीक्षण गरेको हो । टोलीले बाटोको अवस्था, ढल, निर्माण सामग्री र फुटपाथको अवस्थालगायतको अवलोकन गरेको छ ।
अवलोकनपछि मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राधिकरण र वाग्मती सभ्यता एकीकृत समितिलाई बाटोमा देखिएका फोहोर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छिन् । सरोकारवाला निकायले केही दिनमै धोबीखोला करिडोरमा देखिएका समस्या समाधान गर्ने जनाएको छ ।