न्यायाधीशहरूले प्रधानन्यायाधीशलाई देखाएर स्वार्थ पूर्ति गर्न थाले : अधिवक्ता पौडेल

admin

काठमाडौं, २९ पुस : विशेष अदालत बार एसोसिएशनका अध्यक्ष एवम् अधिवक्ता चूडामणि पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिँदा केही जिल्लामा जबरालाई देखाएर आफ्नो स्वार्थ पूर्ति गर्न थालेको बताएका छन् ।

(आज) बिहीबार सर्वोच्च अदालत बार परिसरमा नेपाल बार एसोसिएशन, सर्वोच्च अदालत बार एसोसिएशन, विशेष अदालत बार एसोसिएशन लगायतका पदाधिकारी तथा कानुन व्यवसायीहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै गरेको विरोध प्रदर्शनमा अधिवक्ता पौडेलले यस्तो बताएका हुन् ।

उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म नेपाल बारले यो आन्दोलनलाई सशक्त बनाउँदै जाने बताए । कार्यक्रममा नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिँदा न्याय सम्पादनका साथै कर्मचारीहरूको वृत्ति विकासमा, न्यायाधीशहरूको सरुवाका काम रोकिएको पनि बताए ।

उनले प्रधानन्यायाधीश जबराले राजीनामा दिएसँगै न्यायपालिकामा बारले बुझाएको प्रतिवेदनअनुसार काम गर्ने बाटो खुल्ने बताए । कोरोना महामारीको अवस्थालाई मध्यनजर गरी कानुन व्यावसायीहरूले २५ जनामात्रै भेला भएर यो आन्दोलनलाई निरन्तरता दिएका छन् ।

प्रतिक्रिया