काठमाडौं, ३० पुस : नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । महासचिव पोखरेलले कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन नसकेको जनाएका छन् ।
महासचिव पोखरेलले (आज) शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् । ‘कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सवै कार्यक्रम स्थगित गरियो ।’,