आज निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा पालिका र राष्ट्रिय सभाको चुनावबारे छलफल

admin

काठमाडौं, ३० पुस : पालिकाको चुनावबारे (आज) शुक्रबार निर्वाचन आयोगले दलहरुसँग छलफल गरेको छ ।

आयोगको कार्यालय काठमाडौंको कान्तिपथमा भएको सर्वदलीय बैठकमा विभिन्न दलका प्रतिनिधि सहभागी थिए । बैठक केहीबेर अगाडि सक्किएको आयोगका प्रवक्ता शालीकराम शर्मा पौडेलले जानकारी दिए ।

शुक्रबारको सर्वदलीय बैठकमा पालिका र राष्ट्रिय सभाको चुनाव तथा मतदाता नामावली अद्यावधिकबारे छलफल भएको छ । आउँदो माघ १२ गते राष्ट्रिय सभाको चुनाव हुँदैछ ।

त्यस्तै पालिका निर्वाचन ऐन, २०७३ को व्यवस्थाअनुसार पालिकाका पदाधिकारीको पदावधि आउँदो जेठ ५ मा समाप्त हुँदैछ । कार्यकाल समाप्त भएपछि पालिका सञ्चालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकाले बैशाखमा चुनाव गर्न उपयुक्त हुने आयोगले बताएको छ ।

संविधानको धारा २२५ मा स्थानीय जनप्रतिनिधिको कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने भनिए पनि पालिका निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिना अगावै निर्वाचन हुनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया