आज २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, प्रधानमन्त्री र गृहमन्त्रीलगायतले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने

admin

काठमाडौं, २ माघ : (आज) आइतबार २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने नाराका साथ भर्चुअल माध्यमबाट भूकम्प दिवस मनाउन लागिएको हो । भूकम्पले नभइ कमजोर संरचनाले मानवीयलगायतको क्षति गर्छ भन्ने चेतना जगाउँदै २०५५ सालदेखि माघ २ गतेलाई भूकम्प दिवसका रुपमा मनाउन सुरु गरिएको हो ।

दिवसका अवसरमा भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले आइतबार ललितपुरको पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रम गर्दैछ । कार्यक्रममा निश्चित व्यक्तिको मात्रै भौतिक उपस्थित रहने र अरु सबैलाई भर्चुअल माध्यमबाट सहभागी हुन आह्वान गरिएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले जानकारी दिए ।

उनकाअनुसार कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् । दिवसका अवसरमा २०७२ सालको भूकम्पका कारण भत्किएका संरचनाको पूनर्निर्माणबारे पनि जानकारी गराइनेछ ।

प्रतिक्रिया