ढोका लक गर्ने ठाउँमा समस्या देखिएपछि गुण एअरलाइन्सको जहाज काठमाडौं फिर्ता

admin

काठमाडौं, २ माघ : काठमाडौंबाट पोखराका लागि उडेको गुण एअरलाइन्सको जहाजमा प्राविधिक गडबडी भएको छ । गडबडीपछि जहाज पुनः काठमाडौं फर्काइएको छ ।

(आज) आइतबार बिहान १० बजे उडेको जहाजको ढोका लक गर्ने ठाउँमा समस्या देखिएपछि फेरि काठमाडौंमा नै फर्काइएको नेपाल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिए ।

काठमाडौंबाट उडेको ५ मिनेटमै जहाजको ढोका खुलेपछि फेरि काठमाडौं नै फर्काइएको हो । प्रवक्ता कर्णका अनुसार अहिले प्राविधिकले जहाजको प्राविधिक समस्या जाँच गरिरहेका छन् । जहाजमा १५ यात्रुसहित चालकदलका ३ सदस्य थिए । यात्रुलाई अर्को हवाई जहाजबाट पोखरा पठाएको छ ।

प्रतिक्रिया