प्रधानन्यायाधीश जबराविरुद्धको रिट सर्वोच्च अदालतद्वारा दरपीठ

admin

काठमाडौं,२ माघ : सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको रिट दरपीठ गरिदिएको छ ।

आज सर्वोच्चका रजिस्ट्रार नारायण पन्थीले अधिवक्ता माधवकुमार बस्नेतले दायर गर्नुभएको रिट दरपीठ गरिदिनुभएको हो ।

प्रधानन्यायाधीश जबराविरुद्ध अधिवक्ता बस्नेतले सर्वोच्च अदालतसमेतलाई विपक्षी बनाइ पेस गर्नुभएको रिट रजिस्ट्रार पन्थीले सर्वोच्च अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै दरपीठ गरिदिनुभएको हो ।

अधिवक्ता बस्नेतले प्रधानन्यायाधीश जबराविरुद्ध गम्भीर प्रकृतिका आरोप लागेकाले छानबिनसहित कारबाही गर्नका लागि संविधानद्वारा तोकिएको प्रक्रिया तत्काल प्रारम्भ गर्न भनी प्रतिनिधि सभाका सभामुखको नाममा परमादेश माग गर्नुभएको थियो । तर, क्षेत्राधिकारमा नपर्ने भन्दै दरपीठ गरिएको आदेशमा उल्लेख छ ।

 

प्रतिक्रिया