आज थप १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, ४ माघ : (आज) मंगलबार दश हजार दुई सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरेर २२ हजार आठ सय २८ जनाको नमूना परीक्षण गर्दा ४४ दशमलव ९३ प्रतिशत अर्थात् १० हजार दुई सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, बितेको २४ घण्टामा पाँच सय ६२ जना निको भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या आठ लाख १७ हजार पाँच सय ४७ जना पुगेको छ । त्यस्तै थप एक जना सहित कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय २४ जना पुगेको छ ।

अहिले नेपालमा ३९ हजार ४४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच बितेको २४ घण्टामा दुई लाख १३ हजार एक सय ४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया