पेट्रोलियम पदार्थकाे मूल्य वृद्धिविरुद्ध काभ्रेमा सिठ्ठी जुलुस

admin

काभ्रे, १० माघ :  सरकार कहाँ छ ? अभियान अन्तर्गत एमालेको भ्रातृ संगठन अनेरास्ववियु काभ्रेले सिठ्ठी जुलुस निकालेको छ ।

सरकारको विरुद्धमा पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता लगायतका माग राखेर काभ्रेको बनेपामा सिठ्ठी जुसुल निकालिएको अनेरास्ववियुका सचिव मिलन गौतमले जानकारी दिनुभयो ।

अनेरास्ववियुले सिठ्ठी फुकेर पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता, गायब भएको कोभिड खोप, सिमाना भाइरहेको भारतीय अतिक्रणम लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।

हिजोबाट अनेरास्ववियु काभ्रेले सरकार कहाँ छ ? अभियान चलाइरहेको छ ।

हिजो पनि बनेपामा अनेरास्ववियूले टर्च र्याली निकालेको थियो । र्यालीका क्रममा प्रहरीसंग ठेलमठेल हुँदा केहि व्यक्ति घा इ ते समेत भएका थिए ।

प्रतिक्रिया