महासचिवमा मेरो दाबी छ : वर्षमान पुन

admin

काठमाडौं, १० माघ : नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले पार्टी महासचिवमा आफ्नो दाबी रहेको बताएका छन्।

चीनमा उपचारपछि स्वास्थ्यलाभ गरेर सोमबार साँझ स्वेदश फर्किएका पुनले अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा महासचिवमा आफ्नो स्वाभाविक दाबी रहेको बताए।

आफू यसअघि नै पार्टीको सचिव रहिसकेकाले महासचिवमा दाबी गर्नु स्वभाविक रहेको उनको भनाइ थियो। आफूले उपचारका क्रममा चीनमा रहेकै बेला अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसहित अरु नेताहरुसँग महासचिवमा दाबी प्रस्तुत गरेको पुनले बताए।

स्थानीय कमिटीदेखि प्रदेश हुँदै पार्टी अध्यक्ष र केन्द्रीय समितिको चयन सर्वसम्मतिबाट भएको भन्दै उनले वरिष्ठ नेता, उपाध्यक्ष र महासचिवसहित पदाधिकारी चयन पनि सहमतिमै हुने बताए।

प्रतिक्रिया