भूकम्पको धक्का महसुस

admin

काठमाडौं, १४ माघ : लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ।

जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गएराति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

चिसो र रातिका समय भइसकेकाले अधिकांश जिल्लावासी सुतिसकेका थिए। भूकम्प सानो गएकाले कतिपयले भने थाहा नपाएको बताएका छन्।

प्रतिक्रिया