प्रेम आलेले जस्तै प्रशंसनीय काम गर्न मन्त्रीहरूलाई माधव नेपालकाे निर्देशन

admin

काठमाडौं, १९ माघ : पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको जस्तै राम्रा र प्रशंसनीय काम गर्न आफ्ना मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ ।

एकीकृत समाजवादीको भातृ संस्था अनेरास्ववियुले आज बुधवार पार्टी कार्यालयमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘मन्त्री आलेले राम्रो र प्रशंसा गर्न योग्य काम गर्नुभएको छ, अन्य मन्त्रीहरूले पनि यस्तै खालका राम्रा काम गर्नुस् ।’

अध्यक्ष नेपालले मन्त्री आलेले गरेको जस्तै जनता र देशको हित हुने काम गर्न समेत आफ्नो दलबाट सरकारमा सहभागी मन्त्री तथा प्रदेश प्रमुखलाई आग्रह गर्नुभयो ।

सरकारमा आफ्ना पार्टीबाट सहभागी भएका अरू मन्त्रीले पनि आलेको जस्तै प्रशंसा गर्न योग्य काम गरेर देखाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया