युट्युबर चेतन कार्की ब्राउन सुगर र गाँजासहित पक्राउ

admin

काठमाडौं, २१ माघ : लागूऔषधसहित युट्युबर प क्रा उ परेका छन् ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ को खुर्कोटमा युट्युबर पक्राउ परेका हुन् । बर्दिवासबाट काभ्रेपलाञ्चोकको धुलिखेलतर्फ आउँदै गरेका काठमाडौं महानगरपालिका २६ सामाखुसीका ३७ वर्षीय चेतन कार्कीलाई शुक्रबार प्र ह रीले प क्रा उ गरेको हो ।

कार्कीले चलाएको चेतनभ्लग आवरणको ०१–००३ क ९१८२ नम्बरको मिनी ट्रक जाँच गर्दा लागूऔषध फेला परेको थियो ।

कार्कीले लगाएको ट्र्याकसुटको दाहिने खल्तीबाट खैरो हेरोइन ४ दशमलव १३० ग्राम बरामद भएको प्रहरी प्रवक्ता एवं डीएसपी मनोजकुमार लामाले जानकारी दिए ।

जाँचका क्रममा गाडीभित्र राखेको गीतारको कभरमा लुकाएर राखेको ६ दशमलव ९३० ग्राम गाँजासमेत प्रहरीले फेला पारेको छ ।

युट्युबर कार्कीलाई लागूऔषध मुद्दामा शुक्रबार सिन्धुली अदालतबाट ७ दिनको म्याद थपी अनुसन्धान थालिएको डीएसपी लामाले बताए ।

प्रतिक्रिया