आज कांग्रेस संसदीय दलको बैठक बस्दै

admin

काठमाडौं, २ फागुन : नेपाली कांग्रेसले आज (मङ्गलबार) संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले मङ्गलबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाइएको जानकारी दिइन् ।

बैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने सचेतक भुषालले बताइन् । उनले बैठकमा पछिल्लो राजनीतिक घ ट नाक्रमका विषयमा छलफल हुने बताइन् ।

प्रतिक्रिया