एमसीसीविरुद्ध प्रदर्शन गर्ने १३७ जना पक्राउ, ९ जना प्रहरी घा इते

admin

काठमाडौं, ४ फागुन : अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्न लागेको विरोधमा प्रदर्शनमा उत्रिएका १३७ जनालाई प्र ह रीले प क्रा उ गरेको छ ।

काठमाडौंको नयाँ बानेश्वर, माइतीघर लगायतको स्थानबाट उनीहरुलाई प क्रा उ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले बताए ।

प क्राउ परेकाहरुलाई नगर प्र ह री कार्यालय, भृकुटीमण्डसहित विभिन्न प्र ह री कार्यालयमा राखिएको छ ।

सरकारले संघीय संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ । प्रदर्शनकारीहरु निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प क्रा उ गरिएको प्रहरीको भनाइ छ ।

‘निषेधित क्षेत्र तोडेर अगाडि बढेपछि प क्रा उ गरिएको हो’ एसएसपी गिरीले भने, ‘९ जना प्रहरी कर्मचारी घा इते छन्, प्रदर्शनकारीतर्फ एक जना सामान्य घा इ ते छन् ।’

एमसीसीको वि रो धमा रहेका विभिन्न राजनीतिक दलले संघीय संसद भवन नयाँ बानेश्वर वरपर प्रदर्शनलाई केन्द्रित गरेका छन् ।

माइतीघरदेखि नारा जुलुससहित संघीय संसद भवनतर्फ आएका एमसीसी विरोधी प्रदर्शनकारीलाई प्रहरीले संघीय संसद भवनभन्दा २०० मिटर पश्चिम एभरेस्ट होटल नजिक रोकेको छ । तर उनीहरुले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ आउन खोजेपछि प्र ह रीसँग झ ड प भएको थियो ।

एमसीसीको विरोधमा सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका कार्यकर्ता पनि सडकमा आएका छन् ।

त्यस्तै एमसीसी संसदमा टेबल गर्न खोजेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका दलको मोर्चाले बुधबार नेपाल बन्द नै घोषणा गरेको छ ।

ती दलका कार्यकर्ता पनि नयाँबानेश्वर क्षेत्रको सडकमा प्रदर्शनमा उत्रिएका थिए । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि एमसीसीको विरोधमा प्रदर्शन गरेको थियो ।

झडपका क्रममा प्रदर्शनकारीलाई प्रहरीले सडकमै लछारपछार गरेको थियो । प्रदर्शनकारीले पनि प्र ह रीलाई ढुंगा हानेका थिए ।

प्रतिक्रिया