विदेशमा अध्ययनरत युवतीको नक्कली फेसबुक बनाएर अश्लिल स्टाटस राख्ने व्यक्ति पक्राउ

admin

काठमाडौं, ४ फागुन : अस्ट्रेलियामा अध्ययनरत नेपाली युवतीको चरित्र ह त्या गरेको आरोपमा प्र ह रीले रुपन्देहीबाट एक युवकलाई प क्रा उ गरेको छ ।

प क्रा उ पर्नेमा रुपन्देही बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देवीनगर बस्ने बर्ष २५ का एलिस भन्ने राजन श्रेष्ठ रहेका छन् ।

नेपाल प्र ह रीको साइबर ब्यूरोले ती युवतीको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा प्रयोग गरी अश्लिल स्टाटस पोस्ट गरेको अभियोगमा प्र ह री युवकलाई मंगलबार प क्रा उ गरेको हो ।

युवकले फेसबुकमा ती युवतीको फेक प्रोफाइल बनाइ अश्लिल तस्विर र भिडियो पोष्ट गर्दै अश्लिल स्टाटस लेखेका थिए ।

उनलाई जिल्ला अदालत काठमाडौंको अनुमतिले सात दिनको म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको ब्युरोका प्र ह री वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।

प्रतिक्रिया