काठमाण्डौको ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु भेटियो

admin

काठमाडौं, ६ फागुन : काठमाण्डौको ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु भेटिएको छ । दुई वटा जेब्रा झोलामा शङ्कास्पद वस्तु भेटिएको प्र ह रीले जनाएको छ ।

बिहान स्थानीय बासिन्दाले शङ्कास्पद वस्तु देखेपछि प्र ह रीमा खबर गरेका थिए । अहिले घ ट नास्थलमा नेपाल प्र ह री, सशस्त्र प्र ह री र सेनाको ब म डिस्पोजल टोली खटिएका छन् ।

श ङ्कास्पद देखिएको वस्तु के हो र कसले राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ । अहिले यो रुटमा साना तथा ठूला कुनै पनि गाडी चल्न दिइएको छैन ।

काठमाण्डौ हुँदै नागढुङ्गातर्फ जाने सबै गाडीलाई कलङ्कीमा नै र नागढुङ्गा हुँदै काठमाण्डौ आउने गाडीले उतै रोकिएको प्र ह रीले जनाएको छ ।

‘हामीले साइकललाई समेत यो रुटमा प्रवेशमा रोक लगाएका छौँ, अनुसन्धान पछि मात्रै सडक खुलाउने तयारी छ’ एक प्र ह रीले भनेका छन् ।

काठमाण्डौसँगको मुख्य नाका भएकाले कलङ्की ढुङ्गेअड्डाको रुट हुँदै दैनिक हजारौँ गाडी ओहोरदोहोर गर्छन्। आज बिहानैदेखि यो नाकामा सुरक्षा जाँचलाई कडाइ पारिएको छ ।

प्रतिक्रिया