थप ४ सय ३७ जनामा कोरोना पुष्टि

admin

काठमाडौं, ६ फागुन: नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १५ हजार भन्दा तल झरेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार चार सय ५४ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १४ हजार चार सय ३५ जनामा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चार सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार ९१ जनाको नमूना परीक्षण गर्दा चार सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण थप दुई जनाले ज्यान गुमाएका छन् । यसैबीच पछिल्लो २४ घण्टामा एक लाख २४ हजार आठ सय ६७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया