‘अलमलिएको सरकार, भत्किएको संसद र बिग्रिएको न्यायालयले प्रजातन्त्रलाई कता पुर्‍याउँदैछ ?’ : पूर्वराजा ज्ञानेन्द्र

admin

काठमाडौं, ६ फागुन:  पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्ला दशकमा भइरहेको अभ्यासले राष्ट्रिय एकतालाई संकटापन्न अवस्थामा पुर्‍याएको टिप्पणी गरेका छन्।

७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना दिँदै पूर्वराजा शाहले यसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तन योग्य छ भन्ने समीक्षा गर्न तयार हुनुपर्ने बेला आएको उल्लेख गरेका छन्।

प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान नभएको भन्दै उनले यो व्यवस्था आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली भएको टिप्पणी गरेका छन्।

‘अलमलिएको सरकार, भत्किएको संसद, बिग्रिएको न्यायालय, भाँडिएको निर्वाचन प्रणाली र विभाजित समाजको चक्रव्यूहले प्रजातन्त्रलाई कता पुर्‍याइरहेको छ’, विचारणीय प्रश्न छ, ‘उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

‘ जनताले अपेक्षा गरेको, रोजे खोजेको सही शासन पद्धती र विधि विधानमा लाग्न सबै ध्यान जाओस् भन्ने कामना पनि उनले गरेका छन्।

 

प्रतिक्रिया