एमसीसी संसद्‌मा टेबल गर्न एकीकृत समाजवादीले नरोक्ने

admin

काठमाडौं, ७ फागुन: नेकपा (एकीकृत समाजवादी) ले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संघीय संसद्मा टेबल गर्न नरोक्ने भएको छ।

नयाँ बानेश्वरमा शनिबार बसेको स्थायी समिति बैठकले सहमति भएमा एमसीसी संसद्मा टेबल गर्न दिने निर्णय गरेको एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

यद्यपि, यथास्थितिमा एमसीसी सम्झौताको पक्षमा आफूहरू उभिन नसक्ने उपमहासचिव खतिवडाले जानकारी दिए।

प्रतिक्रिया