छोरालाई राजदूत बनाउने सर्तमा ‘राष्ट्रघाती एमसीसी’ संसदमा टेबल गर्न सहमत भए सभामुख सापकोटा

admin

काठमाडौं, ८ फागुन: लामो समयदेखि संबैधानिक भूमिका भन्दा बाहिर गएर सरकारको प्रस्ताव रोक्नुभएका सभामुख अग्नि सापकोटाले छोरा रुपक सापकोटा राजदूत बन्ने पक्का गरेपछि एमसीसी प्रस्ताव प्रतिनिधि सभामा पेस गर्न दिनुभएको तथ्य बाहिर आएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका सचिवालयका एक सदस्यले यस्तो तथ्य केही नेतामार्फत बाहिर ल्याएका हुन । एमसीसी आज प्रतिनिधिसभामा पेश भएसँगै सभामुख अग्निका छोरा रुपक राजदूत बन्ने अवस्था सिर्जना भएको छ । सभामुख सापकोटाले रुपकलाई चीनको राजदूत बनाउन प्रयास गर्दै आउनुभएको छ ।

मन्त्रिपरिषद्ले अमेरिका, बेतायत र भारतको राजदूत नियुक्तिको निर्णय गरिसकेको छ । तीनवटै देशको भाग कांग्रेसलाई परेको छ ।

कांग्रेसले भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

बालुवाटारस्रोतका अनुसार माओवादीको भागमा चीनको राजदूतमा रुपकलाई पठाउनु पर्ने सापकोटाको अडान रहेको थियो ।

सभामुख सापकोटाको छोरालाई राजदूत बनाउन माओवादी अध्यक्ष प्रचण्ड सहमत भइसक्नुभएको छ तर प्रधानमन्त्री देउवाले ‘अनुभव विहीन र कम उमेरको’ भन्दै आनाकानी गरिरहनुभएको थियो । सभामुखलाई रुपक राजदूत बनाउने जानकारी दिएपछि एमसीसी अघि बढाइएको हो ।

राजदूत बन्नका लागिरुपक सापकोटाले परराष्ट्र मामिला अध्यान प्रतिष्ठानको उप–कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसक्नुभएको छ

। तर प्रधानमन्त्रीले एमसीसी प्रतिनिधि सभाबाट पास गरेपछि मात्र रुपकलाई राजदूत सिफारिश गर्ने सर्त राख्नुभएको छ ।
-जनता टाइम्स बाट

प्रतिक्रिया