एमसीसी ‘जबर्जस्ती’ प्रतिनिधि सभामा पेस भएकोप्रति हाम्रो गम्भीर आपत्ति छ: महरा

admin

काठमाडौं, ८ फागुन: नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले विवाद र विरोधकाबीच सरकारले एमसीसी सम्झौता संसदमा पेस गरिएकोप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

पूर्वसभामुख समेत रहेका महराले आइतबार विज्ञप्ति जारी गरी प्रतिनिधि सभामा एमसीसी सम्झौता टेलब गरिएकोप्रति आपत्ति जनाएको छ।

‘सतारुढ गठबन्धनमा हाम्रो पार्टीको तर्फबाट स्पष्ट रुपमा संसदमा पेस नगर्न आग्रह गर्दा पनि सरकारले जबर्जस्ती एमसीसी सम्झौता अघि बढाउन खोजेपछि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा संसदीय दलको तर्फबाट लिखित असहमति जाहेर गरिएको छ’,

विज्ञप्तिमा भनिएको छ, ‘देशको स्वाधीनता र राष्ट्रियतामा ने प्रश्न उठ्न सक्ने विषयमा दलहरुबीच राष्ट्रिय सहमति नगरिकन र सत्तारुढ दलभित्रै एकरुपता नहुँदानहुँदै जबर्जस्ती प्रतिनिधि सभामा पेस भएको घटनाप्रति हाम्रो गम्भीर आपत्ति छ।’

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले गरेको दमनको पनि माओवादी केन्द्रले विरोध गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण आन्दोलनकारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारको उचित प्रबन्ध तथा उपचार खर्च व्यहोर्न पनि सरकारसँग जोडदार माग गर्दछु।’

प्रतिक्रिया