युक्रेनी सेनाको दावी- रुसका पाँचवटा विमान खसाल्यौँ

admin

एजेन्सी । युक्रेनको सशस्त्र फौजले पाँचवटा रुसी विमान र एउटा हेलिकप्टर खसालिदिएको जनाएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशलगत्तै युक्रेनका कैयौं सहरमा बम, क्षेप्यास्त्र र गोलाबारी सुरु भएको थियो । ‘शान्त रहनुहोस् र युक्रेनी रक्षकहरूमाथि विश्वास गर्नुहोस्,’ सशस्त्र फौजले आफ्नो वक्तव्यमा भनेको छ ।

रुसी रक्षा मन्त्रालयले चाहिँ आफ्ना विमानहरू खसालिएको कुरा अस्वीकार गरेको छ । रुसले युक्रेनी सैन्य पूर्वाधारहरूलाई निशाना बनाइरहेको जनाएको छ ।

प्रतिक्रिया