काठमाडौं, १२ फागुन: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रिय सरकारको नेतृत्व गर्न प्रस्ताव राखेका छन् ।
एमालेका एक स्थायी कमिटी सदस्यले आज दिउँसो भएको भेटमा प्रचण्डले ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव राखेको दाबी गरे ।
प्रधानमन्त्रीले पनि किचलो भइरहेको भन्दै गठबन्धन तोडेर जान आफू तयार रहेको र सहकार्य गर्ने प्रस्ताव राखेको उनले बताए । “हामीले प्रष्ट भनेका छौँ । अहिलेको सरकार परामदेशी सरकार हो । यसमा हामी सहभागी हुन सक्दैनौँ । एमालेले नेतृत्व गर्छ भने विचार गर्न सकिन्छ ।
राष्ट्रिय सरकारको नेतृत्व गर्दिनुस् भन्ने माओवादीको प्रस्ताव छ । प्रधानमन्त्रीले पनि किचलो तोडेर जान सकिन्छ भन्ने कुरा छ । अहिलेको छलफलले एउटा निकास निकाल्छ,” ती नेताले भने ।
बालुवाटारमा अहिले प्रधानमन्त्री देउवा र ओलीसहितका नेताहरूबीच छलफल भइरहेको छ । बालुवाटार आउनुअघि ओली र देउवा तथा ओली र प्रचण्डसहितका नेताहरूबीच छलफल भएको थियो ।