शेयर बजार ७ अङ्कभन्दा धेरैले घट्यो

admin

काठमाडौं, १५ फागुन: हप्ताको पहिलो दिन शेयर बजार आज आइतवार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज सात दशमलव ७३ अङ्कले घटेर दुई हजार ६ सय ५३ दशमलव ७० विन्दुमा पुगको छ ।

आज जलविद्युत् र अन्य समूहको बाहेक अरू सबै समूहको शेयर घटेको छ । जलविद्युत् समूहको शेयर ३४ अङ्कले बढेको छ । आज दुई सय २४ कम्पनीका ७० लाख ४० हजार कित्ता शेयर तीन अर्ब २७ करोड ३० लाख रुपैयाँमा कारोबार भएकाे छन् ।

सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको २० करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भयो । आज हिमालयन जनरल इन्सुरेन्स कम्पनीको शेयर साढे चार प्रतिशत र तेह्रथुम पावर कम्पनीको शेयर चार प्रतिशतले घटेको छ । नेशनल हाइड्रोपावर कम्पनीको शेयर भने साढे चार प्रतिशतले बढेको छ ।

प्रतिक्रिया