भीम रावलले अनुशासन उल्लंघन गरेर हिरो बन्न खोज्नुभयो : ओली

admin

काठमाडौं, १७ फागुन:  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दलीय निर्णय विपरीत सांसद डा. भीम रावलले संसदीय प्रक्रियामा भाग लिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

एमसीसीबारे धारणा सार्वजनिक कार्यक्रममा ओलीले रावलले पार्टीको सल्लाहविपरीत संसदीय प्रक्रियामा भाग लिएको, एमसीसी सम्झौताबारे अभिव्यक्ति दिएको भन्दै अनुशासनहीन क्रियाकलाप गरेको बताएका हुन् ।

ओलीले भने, ‘उहाँ(भीम रावल)व्यक्तिगत रूपमा हिरो हुने काम गर्नुभयो । मैले संसदीय दलको बैठकमा व्यक्तिगत रूपमा टिकाटिप्पणी नगर्न उहाँलाई आग्रह गरेको थिए ।’

पार्टीको सल्लाहकार परिषद् सदस्यसमेत रहेका रावलले एमसीसीमाथि छलफलमा भाग लिएका थिए । तर, एमाले संसदमा उपस्थित भएर पनि सभामुखको राजीनामा माग गर्दै रोष्टम घेराउ गर्दै आएको छ ।

प्रतिक्रिया