मुलुकको प्रतिकूल नहुने गरी एमसीसी कार्यान्वयन हुनुपर्छ : एमाले

admin

काठमाडौं, १७ फागुन:  प्रमुख प्रतिपक्षी नेकपा एमालेले एमसीसी परियोजना सम्बन्धी सम्झौता संसदबाट पास भइसकेको भन्दै राष्ट्रको हित प्रतिकूल नहुनेगरी कार्यान्वयन हुनुपर्ने जनाएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्दै एमालेले सम्झौता गरिसकेपछि कार्यन्वयनमा लाग्‍नुपर्ने भएकाले यसमा राष्ट्रको हितलाई ध्यान दिनुपर्ने जनाएको हो ।

एउटा सरकारले दातृ राष्ट्र वा निकायसँग गरेको सहमति वा सम्झौता अर्को सरकारले उपयुक्त कारण वा प्रक्रियाविनै रद्ध गर्ने हो भने त्यस्ता राष्ट्रपति विश्वासको संकट उत्पन्न हुन जाने एमालेको भनाई छ ।

एमालेले पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुने समेत जनाएको छ । त्यस्तै एमालेले एमसीसीको विषयमा प्रतिनिधिसभामा प्रस्तुत व्याख्यात्मक टिप्पणीलाई भ्रमको खेती भएको तर्क गरेको छ ।

गठबन्धनका केही दलहरुले एमसीसी सम्झौता राष्ट्रघाती भन्दै कार्यकर्ता भड्काउने र जनतामा अन्यौल सिर्जना गर्ने कार्य गर्दैं विशाक्त प्रचारवाजी गरेको पनि एमालेले जनाएको छ ।

पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी सम्झौता आफूहरुले नगरेको र संसदबाट अनुमोदन गर्दा पनि अनुचित ढंगले अलग राखिएको गुनासो गर्नुभयो । एमसीसी कार्यान्वयन गर्दा राष्ट्रिय हिको प्रत्याभूति हुनुपर्ने उहाले बताउनुभयो ।

विरोधका बाबजुद पनि संसदन चलाएको भन्दै ओलीले त्यो संसदीय मर्यादाबाहिर रहेको समेत टिप्पणी गर्नुभयो । उहाले एमसीसीका नाममा कांग्रेसले पार्टीहरूका बीचमा खेल्न खोजेको भन्दै आगामी दिनमा पनि त्यस्तै गरे आफूले पनि बाध्य भएर कदम चाल्ने चेतावनी दिनुभयो ।

ओलीले कांग्रेस र एमाले लोकतन्त्रको पक्षमा एक हुनुपर्ने धारणा पनि राख्नुभयो । उहाले एमसीसीमाथिको छलफलमा भाग लिएर भीम रावलले अनुशासनहिन काम गरेको बताउनुभयो । रावलले आत्मकेन्द्रित, आत्मप्रचारक भएर अनुचित र अनुशासनहिन क्रियाकलाप गरेको उहाको भनाई छ ।

प्रतिक्रिया