यस्ता छन् मन्त्रिपरिपद् बैठकले गरेका २० निर्णय

admin

काठमाडौं, १८ फागुन : सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गर्न सहज वातावरण निर्माण गर्ने सबैलाई धन्यवाद दिने सहित २० निर्णय गरेको छ।

बुधबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १६ फागुनमा बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गरेका छन्।

निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले एमसीसी सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन गर्न सघाउने सबैलाई धन्यवाद दिने निर्णय भएको बताए।

यससँगै सरकारले सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने तथा छिमेकी देश भारत र चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने प्रतिवद्धता जनाएको छ।

नेपालको आर्थिक तथा समाजिक विकासमा सहयोग गर्ने सबै मित्रराष्ट्र, संघसंस्थाप्रति आभार व्यक्त गरेको छ।

प्रतिक्रिया