आजको मौसम : वर्षाको सम्भावना

admin

काठमाडौं, १९ फागुन : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

उल्लेखनीय मौसमी प्रणाली नभएकाले बिहीवार बिहान पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य भू-भागको मौसम सामान्यतः सफा रहेको छ।

दिउँसो प्रदेश १‚ कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको मौसम सामान्य बदली रही सुदूरपश्चिमको पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षा हुने जनाइएको छ। बाँकी भू-भागमा मौसम सामान्यः सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार राति पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रही पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया