नारायणीमा डुबेर दुई बालकको मृत्यु

admin

काठमाडौं, १९ फागुन : चितवन नारायणी नदीमा पौडी खेलेका दुई बालकको मृ त्यु भएको छ ।

फाइल फोटो

भरतपुर–७ विकासचोकका १० वर्षीय बिदान गौतम र हाल परिचय नखुलेका अन्दाजी १२ वर्षीय बालकको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्र ह री कार्यालयका प्रवक्ता नरहरी अधिकारीले जानकारी दिनुभयो ।

दिउँसो दुई बजेतिर भरतपुर–३ स्थित नारायणी नदीको किनारमा जमेको पानीमा खेल्दा पौडी खेल्दा डुबेको अवस्थामा देखेपछि स्थानीयले उनीहरूको उद्दार गरेका थिए ।

उपचारको लागि भरतपुर अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेको अधिकारीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्र ह रीले जनाएको छ ।

प्रतिक्रिया