प्रदेश नं १ को नाम कोसी राखौं : केपी ओली

admin

काठमाडौं,२१ फागुन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम कोसी प्रदेश राख्नुपर्ने बताउनुभएको छ ।

शनिबार झापाको विर्तामोडमा प्रेस चौतारी प्रदेश १ को पहिलो अधिवेशनलाई सम्बोधन गर्दै ओलीले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्नुपर्ने बताउनुभएको हो ।

ओलीले कोसी सभ्यताजस्तो साझा पहिचान अरु नभएको जिकिर गर्नुभयो । देश बिभाजन गर्नका लागि पहिचानका आधारमा संघीयता बनाउन खोजेपनि बिफल पारिएको उहाले बताउनुभयो । ओलीले जातिय पहिचानका आधारमा नामाङ्करण गरे प्रदेशको साझा पहिचान खुल्न नसक्ने तर्क गर्नुभयो ।

फरक प्रसङ्गमा ओलीले वर्तमान गठबन्धनमध्येका कसैले पनि आउँदो निर्वाचनमा एमालेसँग एक्लै मैदानमा आउने आँट नगरेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया