गठबन्धन सरकारका कारण राज्यको तीनवटै अंग विफल भयो : सुवास नेम्बाङ

admin

काठमाडौं,२१ फागुन : नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले गठबन्धन सरकारका कारण राज्यको तीनवटै अंग बिफल भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एशोसिएट प्रदेशको संयुक्त प्रथम अधिवेशनको उद्घाटन गर्दै नेम्वाङले सरकार र संसदले केहि काम गर्न नसकेको र अदालतलाई पनि सरकारले काम गर्न नदिएको बताउनुभयो ।

उहाले अहिलेको अवस्थामा संविधान बमोजिम चूनाव हुनुपर्ने र जनताले नै फैसला गर्ने भन्दै गठबन्धन दलहरु चूनावमा जान डराईरहेको धारणा राख्नुभयो । आफुहरुले गल्ती गरेको भए निर्वाचनमा जनतामाझ शिर निहुराउन आफुहरु तयार रहेको भएपनि गठबन्धन दलहरु अझै पनि निर्वाचन सार्ने सोचमा रहेको उहाले बताउनुभयो ।

नेम्वाङले एमसीसी अनुमोदनका समयमा सरकारमा बस्ने दलहरुले दोहोरो चरित्र देखाएको आरोप समेत लगाउनुभयो । उहाले एमाले नेतृत्वको सरकारले गरेको असाधारण बिकासप्रति डराएर षडयन्त्रपूर्वक सरकारबाट हटाएको तर्क गर्नुभयो ।

प्रतिक्रिया