एनएसजेएफ स्पोर्ट्स अवार्ड : पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

admin

काठमाडौं,२२ फागुन : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको छ ।

काठमाडौंमा आईतबार पत्रकार सम्मेलन गर्दै एनएसजेएफको खेलाडी छनोट समितिले मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो ।

 

मनोनयनमा पर्ने खेलाडीमा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबलटेनिसकी एलिना महर्जन, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाल रहेका छन् ।

पिपल्स च्वाइस विधाका विजेता खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट चुनिने छन् । कार्यक्रममा मञ्चले स्पोर्ट्स अवार्डका लागि विद्युतीय भुक्तानी सेवा प्रदायक ईसेवासँग सम्झौता गरेको छ ।

पिपल्स च्वाइस विधाको भोटिङका लागि एनएसजेएफ र ईसेवाबीच प्रायोजक सम्झौता भएको हो । एनएसजेएफका अध्यक्ष देवेन्द्र सुवेदी तथा ईसेवाका चिफ म्यानेजर आशिष गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरे । पिपल्स च्वाइस विधाका विजेता खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट चुनिने छ ।

स्पोटर््स अवार्ड चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा हुने छ । एनएसजेएफले विगत वर्षहरुमा भन्दा यसपटक कार्यक्रम फरक ढंगले आयोजना गर्ने जनाएको छ ।

एनएसजेएफले यस पटकको अवार्डलाई दशक अवार्ड अर्थात दशक अघि नेपाली खेलकुद क्षेत्रमा इतिहास रचेका खेलाडीहरुलाई यो वर्ष सम्मानित गर्ने जनाएको छ । एक दशक अघिका उत्कृष्ट खेलाडीहरु यस पटक दशक अवार्डका लागि मनोनित हुनेछन् ।

पारा एथलिट, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विजेता कार्यक्रमकै दिन घोषणा गरिने आयोजकले जनाएको छ । यस वर्षपनि दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयासहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

प्रतिक्रिया