महिला उद्यमी मृत फेला

admin

सुनसरी,२२ फागुन :  महिला उद्यमी तथा सञ्चारकर्मी सुनिता केसी राई आइतबार धरान–१५ पुष्पलाल मार्गस्थित आफ्नै घरमा मृ त फेला परेकी छिन् ।

इलाका प्र ह री कार्यालयका प्र ह री नायव उपरीक्षक नरेन्द्र कुँवरले ४२ वर्षीया केसी आफ्नै घरको कोठाको पंखामा सलमा झु ण्डि एको अवस्थामा फेला परेको बताए ।

उनले प्रारम्भिक रुपमा हेर्दा केसीले आ त्मह त्या गरेको हुनसक्ने बताए । माइती पक्षबाट उपस्थित भएपछि सर्जमिन मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्र ह रीले जनाएको छ । उनका माइती काठमाडौंमा बस्दै आएका छन् ।

समाज सेवामा सक्रिय केसी ला गुप दार्थ प्रयोगकर्ताको उपचारकालागि धरानमा प्र ह रीको समन्वयमा संचालित आसरा सुधार केन्द्रको सदस्य तथा धरानस्थित इलाका प्रहरी कार्यालयमा निर्माणाधीन हिरासत भवन निर्माण समितिका अध्यक्ष रहेकी थिइन् ।

मृ त क केसी करिब डेढ दशकदेखि धरानको विजयपुर मिडिया ग्रुप प्रालीद्वारा संचालित विजयपुर एफएमको सदस्य र समाचार विभागका कार्यरत हुँदै पछिल्लो समयमा क्लिक धरान मिडिया प्रालिका प्रबन्ध निर्देशक रहेकी थिइन् ।

उनी नेपाल पत्रकार महासंघ सुनसरीको सदस्य र पेट्रोलियम डिलर एसोसिएसनकी केन्द्रीय सदस्य तथा महिला सञ्जाल धरानको नगर सदस्यसमेत रहेकी थिइन् ।प्र ह रीकाअनुसार उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

केही दिन अघि उनी स्कुटी दुर्घट्नामा परेपछि घरमै आराम गरिरहेकी थिइन । आइतबार बिहान उनका छोराहरु विद्यालय गएका थिए भने उनका श्रीमान् वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अधिकृतका रुपमा कार्यरत रहेकोले कार्यालय गएका थिए ।

बिहान उनलाई भेट्न घर पुगेका आफन्तहरुले केसीले ढोका नखोलेको उनको श्रीमानलाई जानकारी दिएपछि उनले घर आएर पछाडिको ढोका खोलेर हेर्दा झु ण्डि एको अवस्थामा फेला परेकी थिइन् ।

प्रनाउ कुँवरले भने, ‘उनको माइती पर्खिरहेका छौं । त्यसपछि सर्जमिन मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया अघि बढाउने छौं ।’

प्रतिक्रिया