सार्वजनिक बिदामा पनि सवारी साधनको ट्रायल सुरू गर्न मन्त्रीको निर्देशन

admin

काठमाडौं,२३ फागुन : बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले सार्वजनिक विदा दिनेमा समेत सवारी साधानको ट्रयाल सुरु गर्न निर्देशन दिनुभएको छ ।

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतीपत्र वागमती एकान्तकुना ललितपुरको बारेमा गुनासो आएपछि सोमबार स्थलगत अनुगमन र कर्मचारीसंग छलफल गर्दै मन्त्री दाहालले जनताका गुनासो धेरै आएको भन्दै विदामा समेत ट्रायल सुरु गर्न निर्देशन दिनुभएको हो ।

आफु यसअघि नै स्थलगत निरीक्षणका लागि आएको बताउदै उहाँले आफुहरु आएर निर्देशन दिदाँ समेत सुधार नआएपछि मिडिया र जनताहरुको गुनासोलाई अन द स्पोट कर्मचारीहरुसँग स्पष्टीकरण र कार्वाही सुरु गरेको बताउनुभयो ।

त्यस्तै कर्मचारी बाहेकका व्यक्तिहरु कार्यालय भित्र प्रवेश गरेर चलखेल गरेको बिषयमा पनि स्पष्टीकरण सोधेको जानकारी दिनुभयो ।

सोही अवसरमा मन्त्रालय सचिव नेत्र सुवेदीले यातायताको समस्या हल गर्न डिजिटल प्रणालीलाई थप प्रभावकारी बनाईने बताउनुभयो ।

प्रतिक्रिया