युक्रेनको राजधानीमा आक्रमण गर्ने रुसी सेनाको चेतावनी

admin

रुसले युक्रेनमाथि आ क्र मण गरेको १३औं दिन हुँदा रुसी सेनाले युक्रेनको राजधानी किभमा आ क्र मण गर्ने चेतावनी दिएको छ ।

युक्रेनका विभिन्न शहरमा आ क्र मण जारी राखेकै बेला राजधानी किभमा पनि आ क्र मण गर्ने चेतावनी दिएको हो । साेमबार युक्रेनी शहरहरूलाई लक्षितगरि रुसी सेनाले हवाई स्थल र समुद्रबाट आ क्र मण गरेका छन ।

जसका कारण कयौंको हताहती भएको बताईएको छ । रुसी सेनाले देशको दक्षिणमा पर्ने ओडेसा क्षेत्रको तुज्ली गाउँमा समुद्रबाट गोलाबारी गरेको र महत्वपूर्ण पूर्वाधार साइटहरूलाई निशाना बनाएको जनाइएको छ ।

निरन्तर जारी रहेको आक्रमणका कारण हालसम्म युक्रेनको सीमाबाट १५ लाख भन्दा बढी मानिस शरणार्थीका रूपमा बाहिएका छन् । कैयौं आन्तरिक रूपमा विस्थापित भएका छन् वा रुसी बमबारीले भग्नावशेषमा परेका शहरहरूमा फसेका छन।

रुसी समाचार संस्था इन्टरफ्याक्सले रुस समर्थक पृथकतावादी विद्रोहीहरूले कब्जा गरेको सहर लुगान्स्कमा एउटा इन्धन डिपोमा ठूलो वि स्फोट भएको जनाएको छ ।

खार्किभको एक विश्वविद्यालय र अपार्टमेन्ट ब्लकमा रुसी सेनाबाट भएको आ क्र म णमा भवनहरु ध्व स्त हुनुको साथै कैयौं व्यक्तिको ज्यान गएको छ ।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बढ्दो विनाश र मृ त्यु वि रू द्ध आ क्रो श व्यक्त गर्दै रुसी सेनाले ज्यादती गरेको बताउनुभएको छ । उता, संयुक्त राष्ट्रसंघले दोस्रो विश्वयुद्धपछि युरोपमा सबैभन्दा द्रुत गतिमा शरणार्थी संकट देखिएको जनाएको छ ।

प्रतिक्रिया