मध्यरातमा गाडी रोकी तोडफोड गर्ने तीन जना प क्राउ

admin

तनहुँ ,२४ फागुन : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा मध्यरातमा गाडी रोकेर तो ड फो ड गर्ने तीन जना प क्रा उ परेका छन् ।

फाइल फोटो

प क्रा उ पर्नेमा व्यास –५ स्थायी घर भइ व्यास–४ बस्ने २२ वर्षीय अभिषेक श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका–३ स्थायी घर भइ व्यास–३ का १८ वर्षीय अन्जन पुलामी र व्यास–५ का २२ वर्षीय रोशनकुमार श्रेष्ठ रहेका जिल्ला प्र ह री कार्यालयले जनाएको छ ।

उनीहरूलाई दमौली बजारबाट हिजाे प क्रा उ गरिएको प्र ह री नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । प क्रा उ परेकावि रु द्ध आपराधिक उपद्रव मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको छ।

आइतवार राति डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग१क २६६३ नंको मिनीट्रकलाई मोटरसाइकल र स्कुटरमा आउँदै गरेका युवाहरूले रोकी चालक रेखबहादुर थापालाई कु ट पि ट गरेका थिए ।

उनीहरुले ट्रकमा ढुङ्गासमेत प्र हा र गरी सिसा, हेडलाइट फुटाएका थिए । घ ट ना लगत्तै फरार उनीहरूलाई प्र ह रीले खोजतलास गर्दै जाँदा लु ७२ प १३०६ नंको स्कुटर र प्र०२–००–०००३प १८९१ नंको मोटरसाइकलसहित प क्रा उ गरेको बताएको छ ।

 

प्रतिक्रिया