सामाजिक सञ्जाल बन्द गरिदिने रूसको चेतावनी

admin

रूसविरुद्ध हिंसा भड्काउने सामग्रीहरु निरन्तर प्रकाशित हुन थालेपछि विभिन्न सामाजिक सञ्जाललाई बन्द गराउने चेतावनी रूसले दिएको छ । रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले फेसबुक र इन्स्टाग्रामलाई बन्द गरिदिने चेतावनी शुक्रबार दिएको हो ।

“रूसविरुद्ध यस्तै हिंसा भड्काउने सामग्री प्रकाशित भइरहे फेसबुक र इन्स्टाग्रामलाई बन्द गराउनु पर्ने आवश्यकता पर्न सक्छ,” रूसी एक अधिकारीले भने ।

फेसबुक सञ्चालक कम्पनी मेटाले केही समय अगाडि मात्रै यस विषयमा गम्भीर चासो व्यक्त गर्दै रूसविरुद्ध हिंसा भड्काउने सामग्रीलाई रातो बत्तिको संकेत उल्लेख गर्ने घोषणा गरेको थियो ।

मेटाले रूसविरुद्ध हिंसा भड्काउने सामग्रीहरु प्रकाशित गर्ने प्रयोगकर्ताहरूलाई केही समय फेसबुक प्रयोग गर्नै नमिल्ने बनाइदिने चेतावनी पनि दिएको छ ।रूसले युक्रेनमाथी आक्रमण गरेपछि त्यसविरुद्धमा सामाजिक सञ्जालहरूमा रूसविरुद्ध चर्को आलोचना गर्दै हिंसा भड्काउने सामग्री प्रकाशित हुन थालेका थिए ।

अमेरिकी कतिपय सञ्चार माध्यमहरुमा रूस र बेलारुसका राष्ट्रपतिको हत्या गर्नुपर्ने जस्ता प्रतिक्रियासहितका सामग्रीहरु प्रकाशित भइरहेको रूसी समाचार संस्था स्पुत्निकले जनाएको छ ।

प्रतिक्रिया