कस्तो रहला आज दिनभरको मौसम ?

admin

काठमाडौं,२८ फागुन : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका मौसमविद निराजन सापकोटका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण शनिवार बिहान गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी स्थानहरूको मौसम सामान्यतः सफा रहेको छ।

दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने छ। प्रदेश १‚ बागमती र गण्डकी प्रदेशको उच्च हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् सापकोटाले जानकारी दिए।

प्रतिक्रिया