बस र जीप ठोक्किँदा तीनको मृत्यु

admin

काठमाडौं,२९ फागुन : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा आज दिउँसो भएको सवारी दु र्घ ट नामा तीन जनाको मृ त्यु भएको छ। मृ त्यु हुनेमा एक महिला र दुई पुरुष रहेको जिल्ला प्र ह री कार्यालय तनहुँले जनाएको छ।

मृ त कको नामथर वतन नखुलेको प्र ह री नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। दु र्घ ट नामा घा इ ते भएकालाई थप उपचारका लागि चितवन पठाइएकामा तीनको मृ त्यु भएको जानकारी प्राप्त भएको उनले बताए।

मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटा सुमो एकआपसमा ठ क्क र खाएको थियो।

घा इ तेमध्ये नौ जनालाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको थियो। दु र्घ टनामा घा इ ते हुनेमा शुक्लागण्डकी नगरपालिका बस्ने ८० वर्षीय दामोदर पुरी, आँबुखैरेनी गाउँपालिका–४ बस्ने २८ वर्षीया देविका थापामगर, सोही ठाउँका १८ वर्षीया आरती खवास र गोरखाको गण्डकी गाउँपालिका–१ बस्ने ३८ वर्षीया डिनमाया नेपाली रहेको प्रहरीले जनाएको छ।

यसैगरी आँबुखैरेनी गाउँपालिका–३ बस्ने ३३ वर्षीया हिरा बसेल, शुक्लागण्डकी नगरपालिका बस्ने ३३ वर्षीय जितेन्द्र शाही, सोही ठाउँ बस्ने ५२ वर्षीया गोमा शाही, ४१ वर्षीया दिनु शाही, कास्कीको पोखरा महानगरपालिका बस्ने ५२ वर्षीय राम शाही र ५२ वर्षीया ज्ञानु शाही घाइते भएका छन्।

प्रतिक्रिया